७ चैत, काठमाडौं । आगामी जुलाईमा दक्षिण कोरियासँग हुने श्रमसम्बन्धी आपसी समझदारी (एमओयू) नवीकरणमा सरकारले नेपाली कामदारका हकहितसम्बन्धी ४ सुविधा थप्ने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा कादार पठाउन २/२ वर्षमा हुने एमओयू नवीकरण आगामी जुलाइमा हुँदैछ ।
ईपीएस कोरिया शाखाका अनुसार अब भाषा परक्षिा उर्त्तीण भई कोरिया जाने योग्य सूची (रोस्टर) मा रहेका कामदारले प्रत्येक पल्ट स्वास्थ्य परीक्षण गर्नुनपर्ने, मृतक नेपाली कामदारको शव ल्याउने खर्च रोजगारदाताले बेहोर्ने, अनलाइनमार्फत भाषा परीक्षा र्फम भर्ने र नागरिक पेन्सनको व्यवस्था नेपाली कामदारलाई पनि दिनुपर्ने व्यस्था एमओयूमा राखिनेछ । सरकारले एमओयूमा यी बुँदा राख्नेबारे कोरियालाई अनौपचारिक रुपमा जानकारी दिइसकेको कारोबार दैनिकमा खबरछ ।
ईपीएस कोरिया शाखा प्रमुख दिल्ली बाँस्तोलाले सेवा सुविधा वृद्धि गर्नुका साथै नेपाली कामदारले सहज सेवा पाउने व्यवस्थाका लागि कोरियासँग सुविधा थप्ने प्रयास भएको बताए । यसबाट कामदार र सरकार दुवैलाई फाइदा हुने उनले बताए ।
एमओयूमा नागरिक पेन्सनको सुविधा थपिए १ कामदारको मासिक ९ हजार रुपैयाँ थपिने छ ।
No comments:
Post a Comment